Menu

STRENGTH

यस सामुदायिक रेडियो परिवर्तन आफैमा एक सामाजिक संस्था हो । जसले सामाजिक अवस्थाको सवालमा समाचार प्रशारण, सूचना प्रसारण र सचेनतामूलक कार्यक्रमले मात्र सचेत बनाउँदैन स्वयं आफै पनि सामाजिक गतिविधिमा संलग्न भई समुदायसँग सहकार्य गर्दै आएको छ ।  अहिलेसम्म यस रेडियोले स्थानीय स्तरमा आयोजना हुने विभिन्न गतिविधिहरुमा सहभागीता जनाउँदै आएको छ भने हरेक संघ संस्था र सरोकारवाला सबैसँग सहकार्य गर्दै आएको छ । जस्तै ः गाउँ विकास समितिमा सार्वजनिक सुनुवाई, बुर्तिबाङ क्षेत्रमा सञ्चालित स्वास्थ्य शिविरहरुमा समन्वय, विकास निर्माणमा साझेदारी, सरसफाई अभियान, एसएलसी दिने विद्यार्थीका लागि रेडियो ट्युसन कक्षाको व्यवस्था, विभिन्न साँस्कृतिक उत्सव तथा कार्यक्रमहरुको आयोजना, गाउँ ठाउँमा लुकेर रहेका प्रतिभाहरुको उजागरका लागि ‘परिवर्तन तारा’ जस्तो राष्ट्रिय स्तरको कार्यक्रमको आयोजना आदिमा रेडियोको प्रत्यक्ष रुपमा महत्वपूर्ण र उल्लेखनीय भूमिका रहँदै आएको छ । यसका साथै रेडियो परिवर्तनमा कार्यरत पत्रकार आपत रामजालीलाई व्लड क्यान्सर भएपछि सुरु गरिएको ‘आपत बचाउ भभियान’ मा रेडियोको महत्वपूर्ण भूमिका रहनुका साथै आर्थिक संकलन गरि साहत उपलब्ध गराइएको थियो । अन्ततः दुःखद् घटना भन्नुपर्छ आपत रामजालीलाई बचाउन सकिएन, अहिले उनको संझनामा आपतरामजाली पत्रकारिता पुरस्कार स्थापना गरिसकेका छौं ।
    त्यत्तिमात्र होईन अव हामीले एक सकरात्मक र रचनात्मक सामाजिक अभियानको समेत सुरुवात गरेका छौं । रेडियो सुनिने जिल्लाहरुमा आईपर्न सक्ने दैवि प्रकोपबाट पिडितहरुलाई राहत पुग्ने गरि ‘दैवि प्रकोप अक्षयकोष’को सुरुवात स्वयं रेडियोमा कार्यरत पत्रकारहरुबाट एक महिनाको तलव जम्मा पारि संस्थाका सञ्चालक समिति पदाधिकारी तथा शेयर सदस्य, विभिन्न शेयर सदस्यहरु बनिसकेका छन् भने समय समयमा संस्थाले शेयर खुल्ला गर्ने गरेकाले शेयर सदस्य अझै बृद्धि हुने क्रम जारिरहेको छ । 

    रेडियोबाट प्रसारण हुने विभिन्न कार्यक्रमहरुमध्ये जनतासंग प्रत्यक्ष सरोकार राख्ने सूचना, सन्देश र कार्यक्रमहरुलाई बढी जोड दिइएको छ । सामाजिक, साँस्कृतिक, राजनीतिक, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, विकास निर्माण लगायत महिला, दलित, बालबालिका, अपाङका साथै विभिन्न जात जाति, वर्ग र सम्प्रदायलाई समेटी सूचना, सन्देश, मनोरञ्जन लगायत रेडियोले ग्रामीण एवं स्थानीय स्तरबाट आफ्नै कार्यक्रमहरु उत्पादन गरि प्रशारण गर्ने गरेको छ । रेडियोबाट प्रसारण हुने ९० प्रतिशत कार्यक्रम एवं समाचार रेडियोले आफै उत्पादन गर्ने गरेको छ ।  बाँकी १० प्रतिशत सामुदायिक सूचना नेटवर्क सीआईएन, बीबीसी नेपाली सेवा, रेडियो नेपाल, नेपाल एफएम नेटवर्क, मैत्री एफएम लगायतका रेडियो प्रसारण नेटवर्कहरुसंग सहकार्य गर्दै आइरहेको छ । सामुदायिक रेडियो परिवर्तनले स्थानीय तहदेखि जिल्ला र केन्द्र स्तरसम्मका हरेक इलेक्ट्रोनिक एवं छापा मिडियाहरुसंग सहकार्य गर्नुका साथै विभिन्न सरकारी एवं गैर सरकारी संघ संस्था तथा निकायहरु साथै स्थानीय जनतासंग समेत प्रत्यक्ष रुपमा सामन्जस्य र सहयोग आदानप्रदान गर्दै आइरहेको छ, जसले गर्दा रेडियोले प्रशारणको छोंटो समयमा नै धरैको माया र सद्भाव पाउन सफल भएको सबैमा अवगत नै छ । तमाम स्रोताहरुको सकारात्मक सुझाव, सल्लाह र प्रतिक्रियाले रेडियोलाई अत्यन्त राम्रो पृष्ठपोषण  र गहकिलो खुराक मिलेको छ । आउँदा दिनहरुमा पनि यहाँहरुको सकारात्मक सुझाव, सल्लाह, प्रतिक्रिया एवं अपार मायाले रेडियोको उचाईलाई अझै माथि पु¥याउन  सहयोग मिल्ने छ भन्ने आशा एवं अपेक्षा गरिरहेका छौं ।

 Radio Paribartan92 MHz | Burtiwang Baglung | Tell : ०६८—४१००४८ Mob: ९८५७६२००४६, ९८४७६३३७८० |Email:radioparibartan@gmail.com |