Menu

तिवारी हत्याको विरोधमा युवा संघद्वारा आन्दोलनको घोषणा

४ पुस, काठमाडौं । आफ्ना रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा युवा संघले आन्दोलनको घोषणा गरेको छ ।

युवा संघले भोलि ५ गते लुम्बिनी बन्द आहृवान गरेको हो । साथै युवा संघको आकस्मिक बैठक अहिले बसिरहेको प्रवक्ता प्रभातविक्रम कटवालले जानकारी दिएका छन् ।

तिवारीमाथि रुपन्देही र नवलपरासीको सीमानामा पर्ने खैरहनी भन्ने स्थानमा गोली प्रहार भएको थियो । उनको रुपन्देही देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।

 Radio Paribartan92 MHz | Burtiwang Baglung | Tell : ०६८—४१००४८ Mob: ९८५७६२००४६, ९८४७६३३७८० |Email:radioparibartan@gmail.com |