Menu

संसदमा एमालेको नाराबाजी, बैठक पुस ७ गतेसम्मको लागि स्थगित

काठमाडौं– व्यवस्थापिका संसदको बैठक पुस ७ गतेसम्मको लागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेसहितका दलहरुले बैठकमा नाराबाजी गर्दै अवरोध पुर्याएपछि सभामुख ओनसरी घर्तीले आगामी पुस ७ गतेसम्मको लागि बैठक स्थगित गरिन् ।
एमालेले सरकारले संसदमा पेस गरेको संशोधन प्रस्ताव फिर्ता नलिएसम्म संसद चल्न नदिने बताउँदै आएको छ ।
बैठक सुरु हुनेवित्तिकै एमालेसहित विपक्षी दलले संशोधन प्रस्तावविरुद्व नाराबाजी गरेका थिए । सभामुखले प्रक्रियामा अवरोध नपुर्याउन पटक पटक आग्रह गरेपनि नाराबाजी नरोकिएपछि बैठक स्थगित गरिएको हो ।

बैठकअघि सभामुख घर्तीले सहमतिको प्रयासस्वरुप तीन दलको बैठक आह्वान गरेकी थिइन् । तर सो बैठकमा सत्तापक्ष र प्रतिपक्ष अडानमा टसमस भएपनि बैठक निश्कर्षविहिन बन्न पुगेको थियो ।

 Radio Paribartan92 MHz | Burtiwang Baglung | Tell : ०६८—४१००४८ Mob: ९८५७६२००४६, ९८४७६३३७८० |Email:radioparibartan@gmail.com |