Menu

About Us

जनसञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित सामुदायिक रेडिया परिवर्तन ९२ मेगाहर्ज बागलुङ जिल्लाको पश्चिम बुर्तिबाङ बजारमा अवस्थित छ । यस क्षेत्रका सामाजिक व्यक्तित्वहरु सहित जागरुक सचेत नागरिकहरुको सामुहिक प्रयासमा २०६८ सालमा स्थापना भई आफ्नो प्रशारण सेवा जनस्तरमा पु¥याउँदै आएको छ ।
   

“जनताको आवाज, समाज रुपान्तरणको संवाहक” भन्ने मूल नाराका साथ समुदायबाट स्थापना भएको विशुद्ध सामुदायिक रेडियोको रुपमा यस रेडियोले समुदायमा आफ्नो बर्चश्व कायम गर्दै आएको छ । रेडियोे प्रशारण प्रणालीलाई प्रभावकारी बनाउन रेडियोको टावर बुर्तिबाङ गाउँ विकास समितिकोे वडा नं ९ कालापोलको डाँडामा स्थापना गरिएको छ । यो बागलुङ जिल्लाकै सबैभन्दा उचाईमा रहेको रेडियो टावर हो, जुन २१७० मिटरको उचाईमा छ । उक्त स्थल पर्यटनका हिसावले समेत रमणीय छ । जहाँबाट बुर्तिबाङ बजार राम्रोसँग अवलोकन गर्न सकिन्छ भने बोंगादोभान गाउँ विकास समितिका रहेको पर्यटकीय स्थल बराहताल पुग्ने बाटो पनि यसै स्थानमा पर्दछ । त्यससँगै धौलागिरी हिमश्रृङखला सहितका दर्जनौं हिमश्रङ्खलाहरु, ढोरपाटन उपत्यका पुग्ने देउराली धुरी लगायत गुल्मी तथा अर्घाखाँची र पाल्पा लगायतका प्रशिद्ध उच्च स्थलहरु समेत अवलोकान गर्न सकिन्छ ।

म्याग्दी, पर्वत, रुकुम, रोल्पा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, स्याङजा, प्यूठान, दाङ, सल्यान लगायत १५ भन्दा बढी जिल्लाहरु ।
रेडियोका श्रोता संख्याः– स्वदेश तथा विदेशमा गरि करीव ६ लाख ।
रेडियोको टावर:— ८० फिट उचाईमा ६ एन्टिना सहित ।
रेडियोको फ्रिक्यून्सी:– ९१ मेगाहर्ज ।
रेडियोको प्रसारण स्थान:– बुर्तिबाङ बजार, बागलुङ ।
हालको प्रसारण अवधि:– दैनिक १९ घण्टा नियमित ।

 Radio Paribartan92 MHz | Burtiwang Baglung | Tell : ०६८—४१००४८ Mob: ९८५७६२००४६, ९८४७६३३७८० |Email:radioparibartan@gmail.com |